हिमाली क्षेत्रमा चिसोले घटे पर्यटक | Khabarhub Khabarhub

हिमाली क्षेत्रमा चिसोले घटे पर्यटक


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका  उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो । रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित होइने  स्थानीयवासीले  जनाए ।

अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्त्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न  थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताए ।

हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए। 

पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ-आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ । विगतको तुलनामा यस वर्षको पहिलो यामबाटै  होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम (फागुन १५)देखि बढी  पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार पाँच सय ३०, सार्क राष्ट्रका दुई सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलियालगायत देशबाट आएका चार हजार पाँच सय ५२ विदेशी पर्यटकले निकुञ्जको  पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए ।

पर्यटक निकुञ्जको भू-भागमा प्रवेश गरेबापत  लाग्ने शुल्कबाट एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ राजस्व दाखिला भएको बताइएको छ । सेता हिमाल, तालतलैया, उकाली ओराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले  पर्यटकलाई मनमोहक बनाउने गरेको  छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ५५ बजे

आजपनि बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँले

जापानिज इन्सेफलाइटिसबाट नवलपरासीमा चार जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट

विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विशाल हाल आफ्नो आगामी र बहुप्रतिक्षित

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक