सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित | Khabarhub Khabarhub

सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दर्जन बढी एजेण्डामाथिको छलफलका लागि भन्दै बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक नेताहरुको सहमति हुन नसक्दा प्रभावित बनेको छ ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महासमिति बैठकपछि पारित भएको विधान बमोजिम तयार पारिएको नियमावली संशोधन मस्यौदा पेश गर्न समय दिने तयारी भएपनि तत्काल महाधिवेशनको मिति समेत तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले माग गरेपछि बैठक प्रभावित बनेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक छलफल गर्न भन्दै २ बजेका लागि तोकिएको भएपनि अहिलेसम्म बैठक शुरु हुन सकेको छैन । केन्द्रीय समिति बैठकअघि विभिन्न चरणमा पदाधिकारी बैठक बसे पनि सहमति कायम हुन नसकेपछि बैठक शुरु नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सहमति कायम भएपछि बैठक शुरु हुने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवाले आइतबारदेखि बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे पार्टी पदाधिकारीहरुको चरणबद्ध अनौपचारिक बैठकले सूची नै तयार पारेको जनाएको छ ।

सभापति देउवाले शनिबार बिहान आफ्नै निवासमा पार्टी पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाए पनि पौडेल चितवनमा रहेका टेलिफोनमा प्रस्तावहरुको बारेमा जानकारी दिइएको थियो ।

महासमिति बैठकपछि केन्द्रीय कार्यसमितिले पारित गरेको विधानअनुसारको नियमावली संशोधन मस्यौदा पेश गर्ने पार्टी संगठनको अन्तरिम व्यवस्थाबारे छलफल गराउने तयारी भएपनि संस्थापन इतरका नेताहरुले महाविधेशनको मिति समेत तोक्न माग गरेपछि केन्द्रिय समिति बैठक नै प्रभावित बनेको हो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने