बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता « Khabarhub

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन् । 

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा एक सय १० जना सांसद छन् । 

प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ५९ बजे

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

म्याग्दी– म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन्

माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु

सुरुङ्गा– माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार

ट्रम्पको २८ सूत्रीय शान्ति योजना : युक्रेनलाई २७ नोभेम्बरको समयसीमा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार