पृथ्वीजयन्तीलाई सरकारले उत्सवका रुपमा मनाउने छ : अध्यक्ष लिङ्देन « Khabarhub

पृथ्वीजयन्तीलाई सरकारले उत्सवका रुपमा मनाउने छ : अध्यक्ष लिङ्देन


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताएका छन् ।

३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा लिङ्देनले पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताएका हुन् ।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए । उनले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका विषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गरे ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण बिभिन्न समुदायले गौरव गर्ने ठाँउ बनेको समेत बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ५ : ०५ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का