गोरखाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन « Khabarhub

गोरखाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा– जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण संकलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण संकलन भइसकेको  उनले बताए ।

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट  नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । त्यस्तै अजिरकोट गाउँपालिकाबाट पाँच हजार पाँच सय ९८, आरुघाट गाउँपालिकाबाट आठ हजार ८४, गण्डकी गाउँपालिकाबाट १३ हजार छ सय दुई, धार्चे गाउँपालिकाबाट पाँच हजार नौ सय तीन जनाले फारम भरेका थिए । 

त्यसैगरी  भीमसेन थापा गाउँपालिकाबाट  छ हजार छ सय ९५, बारपाक सुलिकोट गाउँपालिकाबाट नौ हजार चार सय ८६, सहिद लखन गाउँपालिकाबाट १४ हजार दुई सय ९० र चुमनुव्री गाउँपालिकाबाट दुई हजार एक सय ३१ जनाले फारम भरेका छन् । त्यसबाहेक अन्य दुई हजार चार सय ३२ जनाले परिचयपत्र बनाएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गोरखामा गत साउन १५ गतेदेखि  राष्ट्रिय परिचयपत्रका लागि  विवरण संकलन अभियान सुरु भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : २२ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६