शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री | Khabarhub Khabarhub

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका उद्योगीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीले भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा आज छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरूका समस्या र समाधानका लागि सुझावहरू सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरूको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत उनले बताए । 

कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरूले अगाडि देखिनै चासोका साथ हेर्दै आइरहेको उनले बताए । 

उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : २८ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको