सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा  वितरण « Khabarhub

सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा  वितरण


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा  वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको गरेको बताइको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।

 गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताए ।  पाँच सय परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् । विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या १५० छ। उनीहरू भारत तथा बाहिर भएकाले पनि लालपुर्जा नलिएको हुन् ।

वीरेन्द्रनगर र लेकबेँसी, सिम्ताचिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाले नगर उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया सुरु बताए । केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको कार्य अघि बढ्न सकेको हो ।

लेकबेँसी नगरपालिकाले भूउपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएको छ। नगरप्रमुख उमेशकुमार पौडेलले अब तत्काल भूउपयोग नीति बनाएर प्रक्रिया थालिने बताए ।  

सिम्ता गाउँपालिकामा पनि भूउपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । भूउपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने छ ।  चिङ्गाड गाउँपालिकामा तथ्यांक संकलनमै ढिलाइ भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले निवेदन लिन छुटेकालाई फेरि सूचना जारी गरेर लगत संकलन गर्नुपर्ने माग आएपछि आयोगले निर्णय गरेको जानकारी दिए ।  चिङ्गाड गाउँपालिकाले पनि भूउपयोग नीति बनाएको छैन ।  

अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झन्डै ४८ हजार निवेदन संकलन भएका थिए। तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : ४१ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का