सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने « Khabarhub

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

 समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज बसेको बैठकले बनाएको उक्त समितिमा सदस्यहरू नन्दा चपाई र शारदादेवी भट्ट छन् । समितिको बैठक एवं काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा समितिका सभापति पन्थको संयोजकत्वमा परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त कार्यदलमा सदस्यहरू कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे र सिंहबहादुर विश्वकर्मा रहेका छन् ।

समितिका सभापति पन्थले समितिले गत आर्थिक वर्षका गरेका निर्णय निर्देशनको कार्यान्वयनको अवस्थासम्बन्धी प्रतिवेदन एक महिनाभित्र तयार गरेर बुझाउन उपसमिति गठन गर्ने र बैठकका कामकारबाही प्रभावकारी बनाउन कार्यदल बनाउने निर्णय गरेको बताए।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : ५५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको