दाँत र गिजाको समस्याले क्यान्सर हुने सम्भावना हुन्छ | Khabarhub Khabarhub

दाँत र गिजाको समस्याले क्यान्सर हुने सम्भावना हुन्छ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सबै भन्दा बढी र सामान्य रूपमा देखिने मुख तथा दाँतको समस्या भनेको गिजाको रोग हो । द इन्टरनेशलन डेन्टल जर्नलले गिजाको रोगलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा समेत राखेको छ । गिजाको रोगको विभिन्न चरण हुने चिकित्सकहरु बताउँछन् । जस मध्ये गिजा सुनिनु सबै भन्दा पहिलो चरण हो । जसलाई जिनजिभाइटिस भनिन्छ यस चरणको एउटा समस्या भनेको गिजाबाट रगत आउनु हो । जिनजिभाइटिस बढ्दै गएपछि प्रियो डेनटाइटिस हुन्छ । यस चरणमा दाँतलाई आड दिने हड्डी र गिजाका तन्तु कमजोर हनु थाल्छन् । त्यसैले दाँत र गिजामा हुने समस्या तथा यसको उपचार पद्धतिका बारेमा आधारित भएर दाँत तथा गिजा रोग विशेषज्ञ डा. जुनिमा राजकर्णिकार तुलाधारसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

दाँतको गिजामा देखिने प्रमुख समस्या के के हुन् ?
गिजा पाक्ने समस्यामा, गिजामा हुने पिग्मेन्टेसन, दुई दाँत बीचको ग्याप हुने समस्या त्यसमा हामीले तार बानेर उपचार गर्छौ, गिजा तल सर्ने समस्या त्यसमा हामीले टाँका लगाएर उपचार गर्छौ । सुरुमा दाँत माझ्दा रगत आउने पहिलो लक्षण हो । त्यो बेला नै उपचार गर्नु पर्दछ ।यदि समयमा उपचार भएन भने विस्तारै हड्डी खिइिदै जान्छ र पछि हामीले दाँत पनि निकाल्नु पर्नै हुन्छ । खाएको खाना दाँतमा पसेर बस्छ र त्यो फोहोर भएर दाँत खियाउँदै जान्छ । त्यसैले सधैँ घरमा नै बसेर ब्रस गर्नु वा सफा गर्नु भन्दा वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर स्केलिङ गर्न सकिन्छ । कहिले काँही पिप आउने पनि हुन्छ । गिजाको रोगमा दाँत दुख्दैन । यो विस्तारै हुँदै जाने रोग हो । बिरामी लास्ट स्टेजमा आउनु हुन्छ त्यसमा हामीले दाँत नै निकाल्नु पर्ने हुन्छ ।

दाँतको गिजामा पिप कसरी जम्छ ?
शरीरमा डायबेटिज छ भने दाँतमा फोहोर बसेर पिप आउँछ । दाँतमा फोहोर जम्मा हुन्छ । यस्तो समस्या थाहा भएमा अस्पताल गएर स्केलिङ गर्नु पर्दछ ।

मुख गनाउने समस्या दाँतको कारणले हुने हो ?
श्वास गनाउँछ भने हामीले पहिला मुखको कुनै समस्या छ कि भनेर हेर्नु पर्दछ । यदि समस्या भयो भने त्यो हेछौँ पिप जमेर सफा नगरेर पनि मुख गनाउँछ । अरु शरीरको रोगको कारणले पनि गनाउँछ सक्छ । मुखको उपचार गर्दा पनि निको भएन भने हामीले अरू डाक्टरलाई पनि देखाउँछौँ ।

दाँतमा अरू समस्या ?
कोही बिरामीको दाँतमा यति फोहोर हुन् कि दाँत नै देखिँदैन, गर्भवती महिलामा पनि गिजामा समस्या हुन सक्छ ।

सुर्तीजन्य पदार्थ खाँदा पनि असर गर्दछ ?
यस्तो सेवनले मुखको क्यान्सर, गिजाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । त्यसैले समयमा नै सर्जकता अपनाउनु होला भन्न चाहन्छु ।

गिजामा कस्तो अवस्थामा मासु पलाउँछ ?
गिजामा मासु पलायो भने हामीले इन्जेक्सन लगाएर त्यसको स्याम्पल ल्याबमा पठाउँछौँ धेरै जस्तो नन क्यान्सर हुन्छ । कुनै कुनै केसमा मात्र क्यान्सर हुन्छ । त्यो पुरै निकाले हामी फ्याल्छौँ । त्यो सेतो सेतो वा रातो प्याज जस्तो गालामा वा जिब्रोमा छ भने एक पटक डाक्टरलाई देखाउँदा के हो भनेर थाहा हुन्छ ।

गर्भवती महिलाले दाँत माझ्नु कतिको उपयुक्त हुन्छ ?
दाँत माझ्नु पर्दछ त्यो बेला हर्मनको कारणले पनि धेरै समस्या हुन्छ । त्यसैले धेरै सफा गर्नु पर्दछ । र गर्भवती भएपछि नै पछि कुनै समस्या नआओस् भनेर एक पटक दन्त चिकित्सकलाई भेट्दा अति उपयुक्त हुन्छ ।

कस्तो अवस्थामा दाँतले गिजालाई छोड्ने हो ?
गिजाबाट रगत बग्दै जान्छ पछिपछि गिजाले दाँत छोड्दै जान्छ । त्यसको उपचार हुन्छ त्यसको लागि फ्ल्यास सर्जरी गरेर निको बनाइन्छ ।

दाँत किराले खाने अवस्था कस्तो छ ?
जंग फुडहरु गुलियो नभए पनि चिल्लो हुन्छ । त्यसले पनि दाँतलाई धेरै समस्या हुन्छ पहिलाका बुढाबुढीहरुमा दाँत सँग सम्बन्धित समस्या धेरै हुदैन अहिलेको बच्चाहरू सानैदेखि धेरै चकलेटहरु खाने हुँदा किराले खाएको छ । बच्चामा दाँत माझ्ने तरीका नमिलेर पनि समस्या आएको छ । त्यसको लागि दिनमा दुई पटक दाँत माझ्नु पर्दछ । भित्र बाहिर राम्रो सँग माझ्नु पर्दछ । ठिक तरिकाले २ मिनेट जति नरम ब्रसले माझ्नु राम्रो हुन्छ । दाँतको पछाडिको भागमा ब्रस नपुग्ने भयो भने अहिले इलेकट्रोनिक ब्रस पनि आएको छ त्यो प्रयोग गर्दा हुन्छ ।

तार बाँधेको दाँत कसरी सफा गर्ने ?
धेरै समस्या भनेको नै तार बानेको दाँतमा हुने हो । किनभने तारले गर्दा धेरै खानेकुराहरू दाँतमा अड्किने समस्या हुन्छ । अलि समय लगाएर त्यो सानो ब्रसले विस्तारै सफा गर्नु पर्दछ ।

दाँत चिलाउने कसरी हुन्छ ?
महिला कसैको महिनावारी हुँदा हर्मन परिवर्तन हुँदा दाँत चिलाउने समस्या हुन्छ । अरू चिलाउने कारण त हुँदैन ।

यो दाँतको उपचार गर्न उपचार खर्च कस्तो छ नेपालमा ?
समस्या सुरु हुने बित्तिकै जाँदा धेरै महँगो हुँदैन । पछि पछि दाँत निकाल्नै पर्ने भयो भने दाँत हाल्नु पर्याे भने पैसा लाग्छ । त्यसैले समयमा नै ६ महिनाको फरकमा जाँच गर्दा धेरै खर्च लाग्दैन ।

किराले टुक्रा भएको दाँत कसरी बचाइन्छ ?
पोस्ट यार कोर भन्ने हुन्छ पोस्ट हालेर त्यसको माथि क्राउन हालेर जोगाइन्छ । त्यो राम्रोसँग ख्याल गर्दा सार्हाे चिज नखाने आफैले बचाउने हो भने त्यो जीवन भएर नै हुन्छ ?

तपाईंले बढी कुन उमेरको बीरामीको उपचार गर्नु भएको छ ?
बच्चाहरुको बाल रोग डाक्टरले नै हेर्नु हुन्छ । अनि हाम्रोमा आउने को हामीले स्केलिङ गर्छौ । गिजा पाक्ने समस्या भयो भने त्यसको थोरै चिरेर मासु पनि जाँच गर्नु पर्ने हुन्छ । जुन उमेरको पनि अस्पताल यो समस्या लिएर आउनु हुन्छ ।

गिजा कालो के कारणले हुन्छ ?
कोही मान्छे कालो र गोरो हुनुहुन्छ त्यसको आधारमा गिजा पनि कालो हुन्छ त्यसको अप्रेसन गरेर लेजर विधिबाट उपचार गछौँ । त्यसको लागि नर्मल सर्जरी गर्ने हो भने धेरै खर्च लाग्दैन।

सामान्य सिरिङ सिरिङ हुने समस्या मा चिकित्सकको सल्लाह बिना औषधि प्रयोग गर्दा कस्तो असर गर्ला ?
के कारणले भएको हो भनेर थाहा पाउनु पर्याे । दाँतमा लाग्ने किरा इनामेल भन्दा तल पुग्यो भने सिरिङ सिरिङ हुन्छ त्यसको लागि उपचार नै गर्नु पर्दछ । मंञ्जन परिवर्तन गरेर निको हुँदैन ।

दाँतको इनामेल खिइँदै गएर कस्तो समस्या देखा पर्दछ ?
खिइँदै जाने हुन सक्छ । कसैको राति सुत्दा दाल घर्सने हुन्छ त्यसले दाँतको इनामेल खिइँदै जान्छ त्यसको लागि हामीले एउटा अप्लाएनस बनाइदिन्छौँ । राति सुत्दा लगाएर सुत्ने हुन्छ। धेरै अमिलो कोल्ड डिकसहरु खादा पनि जान्छ ।

दाँत तथा गिजाको सुरक्षाको लागि के गर्ने ?
शरीरको अरू अङ्ग जस्तै दाँत पनि महत्त्वपूर्ण हो । दाँतको दुखाई हरू जस्तो हुँदैन । धेरै दुख्छ । त्यसैले समयमा नै जाँच गर्ने नरम ब्रसको प्रयोग गर्ने, धेरै दाँत घोटेर ब्रस नगर्ने र सधैँ सफा गर्ने गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३६ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक