रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा « Khabarhub

रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

बुटवल – भैरहवा रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ ।

गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन, अनुसन्धानको काम जारि रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

घटना स्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन ।केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : ५३ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले