निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक : उद्योग परिसङ्घ « Khabarhub

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक : उद्योग परिसङ्घ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ ।

परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो । मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसङ्घले उल्लेख गरेको छ ।

“परिसङ्घले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्ने जोड दिँदै आएको छ, उक्त निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ”, विज्ञप्तिमा उल्लेख छ ।

कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसङ्घले विश्वास लिएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने परिसङ्घले जनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसङ्घले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : २२ बजे

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट