सिरियाली सैन्य कारवाहीमा २ महिनामा ५ सय बढीले ज्यान गुमाए | Khabarhub Khabarhub

सिरियाली सैन्य कारवाहीमा २ महिनामा ५ सय बढीले ज्यान गुमाए


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– रुसी सहयोगमा सिरियाली फौजले पछिल्लो दुई महिनायता विद्रोहीविरुद्ध गरेको सैनिक कारवाहीमा हालसम्म ५ सयभन्दा धेरै सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सिरियाली मानव अधिकार सञ्जाल नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्रोहीविरुद्ध रुसी सहयोगमा सिरियाली सेनाले गरेको कारवाहीमा अरु २ हजारभन्दा धेरै सर्वसाधारण घाइते भएको जनाइएको छ ।

इडलिब प्रान्त तथा त्यस आसपास रहेको विद्रोही गढमा गरिएको सैनिक कारवाहीमा ५४४ सर्वसाधारण मारिएको जनाइएको छ । मारिनेमध्ये १३० बालबालिका छन् । त्यस्तै, सैनिक कारवाहीमा अरु २११७ सर्वसाधारण घाइते भएका छन् ।

उक्त संस्थाले सिरियाली सेनाले जानाजान सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप समेत लगाएको छ । विद्रोहीविरुद्ध रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले गत अप्रिल २६ यता सैनिक कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : १२ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा