‘गाउँ गाउँमा अस्पताल खोल्नेभन्दा भएकालाई व्यवस्थित गरौँ’ | Khabarhub Khabarhub

‘गाउँ गाउँमा अस्पताल खोल्नेभन्दा भएकालाई व्यवस्थित गरौँ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : डा.आविश अधिकारीले गाउँ गाउँमा नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताललाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । अहिले गाउँ गाउँमा अस्पताल खोलेर छाड्ने भन्दा अहिले भएका अस्पताललाई व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा दिनेबारे सरकार गम्भीर हुनुपर्ने डा.अधिकारीले बताए ।

अहिले सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल भएपनि गुणस्तरीय उपकरण र विज्ञ स्वास्थ्यकर्मीको अभाव भइरहेको समस्यालाई मध्यनजर गर्नुपर्ने उनको भनाई छ । गाउँमा रहेका अस्पतालमा सामान्य उपचार भएपनि व्यवस्थित नहुँदा त्यसले गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा प्रश्न उठिरहेको डा. अधिकारीले बताए ।

अहिले सरकार र निजी क्षेत्र अस्पताल खोल्न मात्रै प्रतिष्पर्धा गरिरहेको भन्दै त्यसलाई रोकेर भएका स्वास्थ्य संस्थालाई व्यवस्थित र सुविधासम्पन्न बनाउन ठूलो भूमिका खेल्नुपर्ने उनले बताए ।

‘गाउँ गाउँमा अस्पताल खोल्ने भन्दा भएका अस्पताललाई व्यवस्थित र गुणस्तरीय बनाउन सके स्वास्थ्य सेवा सहज हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : २२ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको