सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा « Khabarhub

सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ। क्रिकेटर लामिछाने माथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौँले  ९ माघका लागि पेसी तोकिदिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौँले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ। जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्दा लड्न बिहीबार आदेश दिएको थियो । 

सो आदेश लगत्तै शुक्रबार नै लामिछाने केन्द्रीय कारागारबाट रिहा भएका छन्।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : ४१ बजे

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन