नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने « Khabarhub

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ ।

 राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो ।

‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ,’ जारी विज्ञप्तिमा भनिएको छ । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ५२ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता