सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु « Khabarhub

सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र समूहको आक्रमणमा परी यस सातामा मात्रै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतुरी प्रान्तमा सशस्त्र समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

सशस्त्र समूहले यस हप्तामात्र २७ जना सर्वसाधारणको ज्यान लिएको र अरु केही सर्वसाधारण घाइते भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ ।

विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना तैनाथ रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि सोडेको समूहका हतियारधारीहरुले हमला गर्दै आएका छन् । हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

पछिल्लो समयमा शान्ति सेनाले कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथी पनि बढाएको छ । यसक्रममा उनीहरुले सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ५७ बजे

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै