धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने « Khabarhub

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण हुनेभएको छ ।

विद्यालयमा रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित माघ २१ गतेदेखि फागुन ६ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सो संस्करण धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने जनाएको छ । सातौँ संस्करणको विजेतालाई रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेतालाई रु एक लाख २५ हजार पाँच सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले रु १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई नगद रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजनाले जनाएको छ ।

प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा चार जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बालवाटिका विद्या मन्दिर बौनिया कैलाली, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया सहभागी आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ०३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।