काभ्रेमा रगत सङ्कलन अभियान « Khabarhub

काभ्रेमा रगत सङ्कलन अभियान


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रे – जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान थालिएको शाखाका अध्यक्ष रघुनाथ हुमागाईंले बताए । उनका अनुसार बैङ्कमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रक्तदानमा आउने क्रम घट्दो छ । शाखालाई डेनिस रेडक्रसको सहयोगमा विभिन्न खालको रगत तयार गर्ने मेसिन प्रदान गरिएको छ । यीमध्ये पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु पाँच दिन मात्रै हुन्छ ।

हुमागाईंका अनुसार काभ्रेपलाञ्चोकमा मात्रै होइन भक्तपुरमासमेत रगत पाउन छाडेपछि बिरामी जोखिममा पर्ने हुँदा विभिन्न सङ्घसंस्था एवम् सरोकारवालालाई जिल्लास्थित रेडक्रसका २९ उपशाखाको अगुवाईमा रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । अरनिको र विपी राजमार्गको सहजताले धुलिखेल सामुदायिक अस्पताल तथा बनेपास्थित शिर मेमोरियल र अन्य नीजि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दैनिक बढ्दो रहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा मात्रै दैनिक पाँच सयभन्दा धेरै बिरामीले दैनिक उपचार गराइरहेका छन् । स्वास्थ्य बीमाका कारण नियमित परीक्षणका लागि करिब दुई हजार बिरामी अस्पताल आउने गरेको तथ्याङ्कले देखाएको छ । विविध कारण बिरामीलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको बताइन्छ । “रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ, हामी अभियानमार्फत रक्तदान गर्ने बानी बसाल्न प्रेरित गर्दैछौँ”, हुमागाईंले भने।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ५५ बजे

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३