इरानमा बेलायतका लागि जासुसी गरेको अभियोगमा पूर्वमन्त्रीलाई फाँसी | Khabarhub Khabarhub

इरानमा बेलायतका लागि जासुसी गरेको अभियोगमा पूर्वमन्त्रीलाई फाँसी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले एक जना पूर्वमन्त्रीलाई फाँसी दिएको छ । इरानले रक्षा मन्त्रालयमा काम गरेका पूर्व उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको हो ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो ।

इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिइएको बताइएको छ ।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएकी थिइन् ।

अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो । तर जासुसी गरेको भन्ने सबै आरोपको उनले अस्वीकार गदैै आएका थिए ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिक रूपमा प्रेरित काम भएको टिप्पणी गरेका छन् ।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिक रूपमा प्रेरित कदम’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : १५ बजे

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काडमाडौँ – पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का नेता नन्दबहादुर