प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ । आज बिहान मात्रै प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए ।

विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भए पनि आजसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीमन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी र अब्दुल खान छन् ।

मङ्गलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु