पोखरामा विमान दुघर्टना : उद्धारका लागि हेलिकोप्टर परिचालन « Khabarhub

पोखरामा विमान दुघर्टना : उद्धारका लागि हेलिकोप्टर परिचालन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट एनएएलएक्स र एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।

साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रुसी नागरिक सवार थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए ।

केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँ विमानस्थलबाट बिहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : २० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा