वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्दा यस्तो फाइदा « Khabarhub

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्दा यस्तो फाइदा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य  प्राप्ति हुन्छ  ।

वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।

घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वदायी दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ ।

घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबैभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम हुने, झैझगडा तथा कलह नहुने विश्वास गरिन्छ ।
घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छ।

घरको छतमा राखिने पानी ट्याङ्की दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा राख्नु वास्तुशास्त्रअनुसार अशुभ हुन्छ । अन्य दिशामा ट्यांकी राख्नुभएको छ भने दोष निवारणका लागि रातो धागोमा क्रिस्टल बाँधेर ट्यांकीमा झुण्ड्याउनुपर्छ ।

भान्सामा आगो र पानी नजिकै राख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता हुने वास्तु शास्त्रले बताउँछ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ०३ बजे

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार