पेरुलाई हराउँदै ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि « Khabarhub

पेरुलाई हराउँदै ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ ।

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो ।

खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ०३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६