विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना « Khabarhub

विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज १६ जनवरी, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पदार्थ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

 पर्सियाली  युद्ध सुरु

 सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुअरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो ।  

 रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त)रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३७ बजे

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा