पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै « Khabarhub

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए ।

सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ०० बजे

दुई थान पेस्तोलसहित एकजना पक्राउ

रौतहट – चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक

दुहबीको जुट मिलमा आगलागी

धरान – सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको

नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

लागोस – नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा