पाकिस्तानमा पोलियो उन्मूलन कार्यक्रम सुरु « Khabarhub

पाकिस्तानमा पोलियो उन्मूलन कार्यक्रम सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्रीले देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गरेका हुन् । प्राप्त समाचारअनुसार यो अभियान तीन दिनसम्म सञ्चालन हुनेछ ।

पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री सरिफले सो अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले पोलियोको उन्मूलनका लागि केन्द्र सरकार तथा प्रान्तीय सरकारमात्र सम्भव नभएको र यसका लागि सबै पाकिस्तानी नागरिकको पनि उत्तिकै दायित्व रहेको पनि बताए ।

प्रधानमन्त्री सरिफले विश्वमा पोलियो रोग उन्मूलन भइसकेको भएपनि केही देशमा मात्र यो सङ्क्रमण रहेको र ती थोरै देशमा पाकिस्तान पनि परेकाले यसको उन्मूलनका लागि सबै नागरिकको सामूहिक पहल हुनुपर्ने बताए ।

उनले पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा मात्र २० जनामा पोलियोको सङ्क्रमण देखिएको जानाउँदै विशेष गरी त्यस क्षेत्रका सरकार र नागरिक बढी सचेत र सजग हुनुपर्नेमा जोड दिए ।

उनले पाकिस्तानमा पोलियोका सङ्क्रमितहरु देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि चासो रहेको र यसको उन्मूलनका लागि सो सङ्गठनले गरेको सहयोगको पनि सराहना गरे ।

पाकिस्तानमा केही वर्षयतादेखि पोलियोका रोगीहरु देखिएका छन् । सो सङ्ख्या बढ्दै जान सक्ने खतरा रहेकाले पाकिस्तान सरकारले गतवर्षदेखि नै पोलियो उन्मूलनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : २२ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये