उत्कृष्ट खेलाडीदेखि ४ अवार्डमा ब्राजिलको वर्चस्व « Khabarhub

उत्कृष्ट खेलाडीदेखि ४ अवार्डमा ब्राजिलको वर्चस्व


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ ।

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो । ब्राजिल नवौं पटक कोपाको च्याम्पियन बनेको हो ।

प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो ।

फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ ।

कोपाको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत ४ वटा पुरस्कारमा ब्राजिलले कब्जा जमाएको छ ।

ब्राजिलका ड्यानी आल्भेस उत्कृष्ट खेलाडी बनेका छन् भने गोल्डेन ग्लोभ्स अर्थात उत्कृष्ट गोलरक्षक पनि ब्राजिलका एलिसन बेकरले हात पारेका छन् । त्यस्तै उत्कृष्ट युवा खेलाडी  एभरटन सोआएसले हात पार्दा सर्वाधिक गोलकर्ताको उपाधि पनि सोआरेसले हात पारेका छन् उनले पेरुका पाउलो गुरेरोसँग पुरस्कार बाँडेका छन् । प्रतियोगितामा उनीहरुले समान ३ गोल गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ३१ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा