युक्रेनको आवासीय भवनमा रुसी आक्रमण : मृतकको सङ्ख्या ३० पुग्यो | Khabarhub Khabarhub

युक्रेनको आवासीय भवनमा रुसी आक्रमण : मृतकको सङ्ख्या ३० पुग्यो


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको दक्षिणपूर्वी सहर ड्निप्रोको आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएको छ ।

घटनापछि दुई दर्जन जनाभन्दा धेरै अझै बेपत्ता छन् । अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परवाह नगरी निरन्तर खटिरहेको जनाइएको छ । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो ।

रुसले प्रहार गरेका ३३ वटा क्रुज क्षेप्यास्त्रमध्ये २१ वटा युक्रेनले खसालेको थियो । दुई साता लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : २९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते