बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु « Khabarhub

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तार तथा भागबण्डा टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तापछि सत्ता साझेदारको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भइसकेको बताइएको छ । आज राष्ट्रिय शोक दिवस घोषणा गरिएकाले भोलि मंगलबार नयाँ मन्त्रीहरुको सपथ गराउने अनौपचारिक सहमति पनि भएको छ । स्रोतका अनुसार रास्वपा र राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो लागिसकेको छैन । जसपाले भने सर्तसहित सरकारमा सहभागी हुने जनाएको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर