बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु | Khabarhub Khabarhub

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तार तथा भागबण्डा टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तापछि सत्ता साझेदारको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भइसकेको बताइएको छ । आज राष्ट्रिय शोक दिवस घोषणा गरिएकाले भोलि मंगलबार नयाँ मन्त्रीहरुको सपथ गराउने अनौपचारिक सहमति पनि भएको छ । स्रोतका अनुसार रास्वपा र राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो लागिसकेको छैन । जसपाले भने सर्तसहित सरकारमा सहभागी हुने जनाएको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ४२ बजे

‘जनता बाढीमा डुब्दा कांग्रेसका मन्त्रीले फोन नै उठाएनन्‌’ : भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका सांसद्‌ शंकर भण्डारीले प्राकृतिक विपद्को समयमा

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी

नागढुङ्गा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता

धादिङ – गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

सेनाले गर्‍यो बाढीपहिरोमा फसेका ९८९ जनाको सकुशल उद्धार

काठमाडौं – नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका

गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित)

काठमाडौं– मंगलबार बिहान काठमाडौंमा एकाएक चर्चा चल्यो– ‘दशैंको अग्रिम टिकट