पोखरा विमान दुर्घटना : पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने « Khabarhub

पोखरा विमान दुर्घटना : पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट आएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका थिए । शव राजधानी लैजान आज नै सेनाको हेलिकप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो ।

दुर्घटनामा परेको विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ५३ बजे

दुई थान पेस्तोलसहित एकजना पक्राउ

रौतहट – चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक

दुहबीको जुट मिलमा आगलागी

धरान – सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको

नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

लागोस – नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा