सरकारले आतंकवाद र जघन्य अपराध नियन्त्रण गर्न नसकेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

सरकारले आतंकवाद र जघन्य अपराध नियन्त्रण गर्न नसकेको भन्दै पाकिस्तानमा प्रदर्शन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा दण्डहीनता मौलाएको भन्दै व्यापक सरकारी विरोधी प्रदर्शन भएको छ । पाकिस्तान सरकारले उक्त क्षेत्रमा व्याप्त आतंकवाद, अपहरण, हत्या, फिरौती, चन्दा संकलनजस्ता गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनकारीहरु वाना अङ्गुर अड्डा रोड, वाना ताङ्क रोड, वाना राजमाक रोडजस्ता सडकमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा हजारौँ स्थानीयबासी, मजदुर, विद्यार्थी, नागरिक अगुवा, चिकित्सक, कानून व्यवसायी, सामाजिक अभियन्ता र अधिकांश राजनीतिक दलका कार्यकर्ता समेत सहभागी छन् ।

पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तान अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रदर्शनकारीले आफ्ना माग पूरा नभएको खण्डमा आन्दोलनलाई अझ तीव्र बनाउने चेतावनी समेत दिएका छन् । प्रदर्शनकारीले सरकारसमक्ष १० बुँदे माग अघि सारेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने दक्षिण वजिरिस्तानमा निकै लामो समयदेखि आतंकवाद, गैरन्यायिक हत्या, अपहरण र अन्य जघन्य अपराधका घटना हुँदै आएको बताइन्छ ।

अपराध र आतंकवाद नियन्त्रण गर्न सरकार असफल भएसँगै आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको प्रदर्शनकारीलाई उद्धृत गर्दै द न्युज पाकिस्तानले जनाएको छ ।

प्रदर्शनका कारण वाना सहरका बजार, पसल, होटल, पेट्रोल पम्प ठप्प पारिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०३ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये