बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै | Khabarhub Khabarhub

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५१ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को