पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने « Khabarhub

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने बताएका छन्  । 

बुधबार काठमाडौंमा लक्ष्मण बहादुर शाहीको आधा अध्याय पुस्तक लोकार्पण गर्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पनि पद्धति धेरै महत्त्वपूर्ण हुने बताए । 

उनले पहुँचको भरमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै जनताको सेवामा समर्पण गरेकालाई प्राथमिकता दिइने स्पष्ट पारे । 

आन्तरिक मूल्याङ्कनका आधारमा टिकट वितरणको पद्धतिको विकास गर्नुपर्ने उनको भनाइ छ । उनले लोकतन्त्र आफैँमा एउटा पद्धति भएकाले यसले ल्याउने सुधारलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रका घात–अंतरघात र विकृतिलाई अन्त्य गरी एकता, सबल सामर्थ्य र योग्यतान्त्रलाई अगाडि बढाउन आफ्नो भूमिका हुने उनको भनाइ छ । 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : २७ बजे

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य