मधेस प्रदेशको सभामुखका लागि मतदान आज « Khabarhub

मधेस प्रदेशको सभामुखका लागि मतदान आज


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशसभाको आज बस्ने बैठकमा आज सभामुखको निर्वाचन हुने भएको छ ।

दिउँसो १ बजे बस्ने दोस्रो प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा छन् ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टी (एक–एक) सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ । यादवलाई नौ जना प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५६ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत