६२ नाघेका पूर्व अर्थमन्त्री कार्कीले तेस्रो पटक लगनगाँठो कस्दै « Khabarhub

६२ नाघेका पूर्व अर्थमन्त्री कार्कीले तेस्रो पटक लगनगाँठो कस्दै


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले फेरि विवाह गर्ने भएका छन् ।

आइतबार साँझ उनले विवाहका लागि टिकाटालो समेत गरेको स्रोतले बताएको छ । दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकमा रहेका उनले साझ भने राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।

६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन ।

कार्कीको परिवारले आफ्नो परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका हुन् । गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् ।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले अहिले गर्न लागेको विवाह तेस्रो हो । यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । उनको पहिलेको श्रीमति तर्फका एक छोरी छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ३६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको