मेक्सिकोका सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध « Khabarhub

मेक्सिकोका सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै मेक्सिको सूर्तिजन्य पदार्थविरुद्धको कठोर कानून लागू हुने देश बन्न पुगेको छ ।

सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानूनमा सुर्तीजन्य पदार्थको विज्ञापनमाथि प्रतिबन्ध पनि समावेश छ । अन्य धेरै ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथि कडाई गर्ने नीति लिएका छन् ।

मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपानविरुद्धको कानूनमध्ये एक हो ।

मेक्सिकोको २००८ को विद्यमान कानूनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूलाई धुम्रपान–मुक्त स्थान घोषणा गरेको थियो । अब सबै सार्वजनिक स्थानहरूमा पनि यो प्रतिबन्ध विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरुमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र पनि चुरोट देखाउन पाइने छैन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  २ : १८ बजे

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई