कम्युनिस्ट विचारधारका सबै एक ठाउँमा हुन्छन् : प्रचण्ड « Khabarhub

कम्युनिस्ट विचारधारका सबै एक ठाउँमा हुन्छन् : प्रचण्ड


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका सम्पूर्ण कम्युनिस्ट विचारधाराका व्यक्तिहरु एकै ठाउँमा उभिएर अघि बढ्ने बताएका छन् । जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो कार्यक्रममार्फत शहीदहरुको सपना र संकल्प पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

नेपालमा कम्युनिस्ट पार्टीहरुको स्थापनाको प्रसंग कोट्याउँदै विगतमा एकले अर्कोलाई निषेध गर्दै आएका कम्युनिस्ट पार्टीहरु अब एक भएर अघि बढ्ने बताए । नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको सात दशक भएपनि पछिल्लो तीन दशकको अवस्था संसदीय व्यवस्था लागू गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जनयुद्धका माध्यमबाट सत्ता परिवर्तन गर्ने एजेन्डा लिएर अघि बढेपनि अहिले सबै एकै राजनीतिक धारमा आइसकेको बताए ।

कम्युनिस्ट पार्टी सबैका आन्दोलन पनि देशमा सामन्तवादविरुद्ध लड्ने धाराको रुपमा अघि बढेको बताए । देशलाई समृद्ध बनाउने स्वगीर्य मदन भण्डारी पनि नेपालका कम्युनिस्टका लागि आदर्श पात्र रहेको भन्दै उनले भण्डारीकै सम्मानका लागि जेठ तीन गते पार्टी एकताको घोषणा गरेर अघि बढेको बताए ।

नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक प्रक्रियाबाट बलियो भएर आएको भन्दै प्रचण्डले अब जनताको आशालाई पूरा गर्न नेकपा नेतृत्वको सरकार अघि बढ्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ५६ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक