खानीखोलाद्वारा स्थानीय भाषा ऐन-२०७९ पारित  | Khabarhub Khabarhub

खानीखोलाद्वारा स्थानीय भाषा ऐन-२०७९ पारित 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन-२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न संघीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन-२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐन-२०७९ पारित गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरेको थियो । स्थानीय भाषाको संरक्षण एवं प्रवर्द्धनका लागि ती ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । 

संविधानमा उल्लिखित भएको मौलिक हकअनुसार गाउँ सभामार्फत ऐन पारित गरी, मातृभाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष थिङले बताए। सो गाउँपालिकामा तामाङ र मगर समुदायको बाक्लो बस्ती रहेका छन् । थिङका अनुसार यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाइ नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिससमेत गरिएको छ ।

उनले ऐनअनुसार स्थानीय विद्यालयका लागि स्थानीय भाषामा पाठ्यक्रम तयार गरिने बताउँदै गाउँपालिकाले स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी तामाङ मातृभाषा पठनपाठन गर्न चालू आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गरेको जानकारी दिए ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : १६ बजे

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

काठमाडौं – चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी