नारायणगढ-मुग्लिन सडक : थप एक महिना बाटो बन्द | Khabarhub Khabarhub

नारायणगढ-मुग्लिन सडक : थप एक महिना बाटो बन्द


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए। सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी  कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।

 निर्माणाधीन पाँच पुलमध्ये तीन को भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जीतुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

 काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उनले बताए। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच  पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६  घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उनले बताए । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ । 

यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।  

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३१ बजे

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको

संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ

काठमाडौं– संविधानविद् विपिन अधिकारीले राजनीतिक हिसाबले पूर्व प्रधान न्यायाधीश सुशीला

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ