वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म « Khabarhub

वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरूको म्याद थप गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरूको म्याद थप गर्ने निर्णय गरेको हो । 

यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९-८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । चाडपर्वका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेपछि माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै बैठकले साना र पुराना सडकहरूको यथास्थितिको अवस्थामा नै योजनाहरू कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकहरूमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने अवस्था देखिएपछि हाललाई ती योजनाहरू यथास्थितिमै कार्यान्वयन गर्ने निर्णय भएको अधिकृत कोइरालाको भनाई छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ५४ बजे

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा

कार्बन व्यापारमा महालेखाको प्रश्न

काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती