निर्यात बढाउनुपर्नेमा कृषिमन्त्री शाहको जोड « Khabarhub

निर्यात बढाउनुपर्नेमा कृषिमन्त्री शाहको जोड


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।’  

मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रूपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताए । 

मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताए । ‘नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौँ भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ’, उनले भने। 

त्यस्तै मन्त्रालयका अर्का सचिव डा दीपककुमार खरालले मानव जातिलाई दीर्घकालसम्म सहज बनाउन जैविक विविधताको संरक्षण आवश्यक भएको बताए। ‘कृषक समुदाय जैविक विविधता संरक्षणको प्रथम विन्दु भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी संरक्षण र प्रवर्तनमा लाग्नुपर्ने छ’, उनले भने । 

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले कृषिमा जैविक विविधताको संरक्षण, प्रवर्द्धनका साथसाथै अधिकतम सदुपयोग गर्नुपर्ने बताए। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का बारेमा, राष्ट्रिय जिन बैंकका प्रमुख डा बालकृष्ण जोशीले जैविक विविधता संरक्षण, अनुसन्धान र विकासमा नार्कद्वारा हासिल उपलब्धिका बारेमा तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक सुबोध खनालले विश्वविद्यालयमा कृषि जैविक विविधता अध्ययन-अध्यापन, अनुसन्धान एवं हासिल उपलब्धिका बारेमा प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ०२ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट