काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीद्वारा पदभार ग्रहण « Khabarhub

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीद्वारा पदभार ग्रहण


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए । 

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो । 

बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरूलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : १४ बजे

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक

राहदानी छपाइ प्रकरण : आरजु देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन गर्ने

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारमा निर्याततर्फ अलैँची

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी– फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान