इसा अवार्ड पाउन लागेकोमा डा. रुइतद्वारा खुसी व्यक्त  « Khabarhub

इसा अवार्ड पाउन लागेकोमा डा. रुइतद्वारा खुसी व्यक्त 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफूले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन् । जिन्दगीमा धेरै अवरोधहरू सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सबै कुराले आफूलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए । 

उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे । उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुर्‍याउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गरे । त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफूले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे । 

एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खलिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशि १० लाख डलर रहेको छ । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : २१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय