मलेसियालाई हराउँदै फाइलनमा पुग्यो नेपाल « Khabarhub

मलेसियालाई हराउँदै फाइलनमा पुग्यो नेपाल


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मलेसियामा जारी एसीसी यू –१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सोमबार घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नपाललाई घरेलु टोली मलेसियाले ८८ रनको झिनो लक्ष्य दिएको थियो । जसलाई नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको सहज जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भीम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाँचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे ।

मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटिएको थियो ।

उपाधिको लागि अब नेपालले मंगलबार सिंगापुर र हङकङबीचको बिजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : ४५ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको