एमाले अधिवेशन : महोत्तरी जिल्लाको १५ चैतमा, मधेस प्रदेशको कहिले?   « Khabarhub

एमाले अधिवेशन : महोत्तरी जिल्लाको १५ चैतमा, मधेस प्रदेशको कहिले?  


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।

निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुनः अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो। लामो विवादका कारण अरु सबै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरी जिल्ला र मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन।

मधेस प्रदेशबाट १५ चैतभित्र महोत्तरीको अधिवेशन सक्न निर्देशन दिने निर्णय भएको प्रदेश सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए। त्यस्तै, प्रदेशको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने गरी एमालेले गृहकार्य सुरु गरेको छ। ‘पहिले जस्तो विवाद नभएकाले निर्धारित समयमै अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ सचिवालय सदस्य शर्माले भने।

बुधबार बर्दिबासमा भएको एमाले मधेस प्रदेश सचिवालयको बैठकले विभिन्न चार विषयलाई प्राथमिकतामा राखेको छ। महोत्तरीको अधिवेशन १५ चैतमा र प्रदेशको अधिवेशन मसान्तसम्म सकाउने, १० माघसम्म सबै जिल्लाको पूर्ण बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

आसन्न स्ववियु निर्वाचनको लागि पनि एमालेले आफ्ना विद्यार्थी संगठनलाई सक्रिय बनाउने भएको छ। विद्यार्थी संगठनहरुलाई गतिशील बनाई मधेस प्रदेशका क्याम्पसमा हुने स्ववियू निर्वाचनका लागि गहन गृहकार्य गर्ने निर्णय भएको प्रदेश सचिवालयले जनाएको छ।

मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको सरकारको विषयमा समेत छलफल गरेको छ। यसअघि सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाइसकेको एमालेले थप सामाजिक विकास मन्त्रालय र वन मन्त्रालय दाबी गर्दै आएको छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ५५ बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई