हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहाज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरे ।

नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशंका उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरूले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिए ।

नेकपा (एमाले) की दीलकुमारी थापाले पोखरामा विमानस्थल दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन समिति गठन भएको हुनाले जतिसक्दो छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै हालसम्म तारा एयरको विमान दुर्घटना छानबिन समिति प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

सोही पार्टीका नन्दा चपाईले वीर अस्पतालमा आन्द्राको ‘एमआरआई’ गर्ने मेसिन १५ वर्षदेखि सञ्चालनमा नआएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो त्यसलाई सञ्चालनका ल्याएर गरिब जनतालाई सेवा दिनुपर्ने बताए।

नेकपा (एकीकृत समाजवादी) का सुन्दरबहादुर विश्वकर्माले नेपालमा पछिल्लो समयमा आत्महत्या गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको जनाउँदै यस्ता घटना के कारणले बढ्दै गएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी भएको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  २ : ३३ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ