महालक्ष्मी नगरपालिकामा ११ करोडको सिँचाइ आयोजना « Khabarhub

महालक्ष्मी नगरपालिकामा ११ करोडको सिँचाइ आयोजना


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकामा १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि सञ्चालनमा आएको छ भने एक निर्माण पूरा हुने चरणमा र एक निर्माणाधीन रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

यस आयोजनाबाट नगरका एक हजार १६ घरधुरी किसान लाभान्वित हुने भएका छन् । जिल्लाको सबैभन्दा धेरै वर्षा हुने र पानीको मुहान भएको यस नगरपालिकामा जिल्लामा आउने सिँचाइ योजनामध्ये करिब ७० प्रतिशत जाने गरेको कार्यालयका अधिकृत बुद्धिमान लिम्बूले जानकारी दिए ।

नगरको वडा नं ७ का पाँच सय आठ घरधुरी लाभान्वित हुने गरी गत वर्षको फागुनमा सम्पन्न भएको महालक्ष्मी खोला याङ्पाङ सिँचाइ आयोजना सञ्चालनमा आएको छ । सङ्घ तथा प्रदेश सरकारको तीन करोड ३३ लाख आठ हजारको लागतमा सम्पन्न भई चालु आर्थिक वर्षमा प्रदेश सरकारको थप आठ लाख लागतमा बाँकी काम पूरा भई सिँचाइ आयोजना सञ्चालनमा आएको हो ।

साढे छ किलोमिटर लामो उक्त आयोजनाले एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा दिने कार्यालयका अधिकता प्रदीप श्रेष्ठले जानकारी दिए। त्यस्तै पाँच करोड ६४ लाख ७७ हजारको लागतमा नगरका वडा नं ४, ६, ७ र ८ का चार सय १५ घरधुरीका लागि यस वर्षको माघ मसान्तसम्ममा लक्ष्मी खोला लहरेबर सिँचाइ आयोजना सम्पन्न हुने चरणमा रहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको पाँच लाख थप लागतमा सम्पन्न हुन लागेको साढे सात किलोमिटर लामो यस आयोजनाले चार वडाको दुई सय हेक्टरमा सिँचाइ सुविधा दिने छ । त्यस्तै यस वर्षको असारदेखि १५ महिनामा सम्पन्न हुने गरी एक करोड ९६ लाखको लागतमा ९३ घरधुरीका लागि महामाया हङ्ग्राङ्ग्रे सिँचाइ आयोजना निर्माणाधीन रहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको थप ४५ लाख लागतमा सम्पन्न हुने उक्त चार किलोमिटर लामो सिँचाइ योजनाबाट नगरका वडा नं ७ र ८ को ८० हेक्टरमा सिँचाइ पुग्नेछ । महालक्ष्मी नगरपालिका जिल्लाकै कान्छो नगरपालिका हो । नगर क्षेत्रका २४ हजार आठ सय जनसङ्ख्यामध्ये ९६ प्रतिशतभन्दा बढी कृषि पेसामा आबद्ध रहेको नगरपालिकाको तथ्यांक छ ।

सिँचाइ आयोजनाले नगरपालिकाका किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराएको नगरप्रमुख ध्रुव रायले जानकारी दिए। “सिँचाइको प्रशस्त सुविधा हुन थालेपछि यहाँका किसान पारम्परिक खेती छाडेर व्यावसायिक खेती तथा व्यवसायमा लाग्न थालेका छन्”, नगरप्रमुख रायले भने।

पर्याप्त पानीको मुहान तथा सिँचाइको प्रशस्त सुविधाका कारण यस नगरको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा सघन तथा बाक्लो बस्ती देखिन्छन् । वर्षको बाह्रै महिना विभिन्न बालीनालीले हराभरा देखिने यस नगर क्षेत्रमा १२ वटा ठूला सिँचाइ आयोजना र दुई सय सातवटा साना सिँचाइ आयोजना रहेको नगरपालिकाको तथ्यांक छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : २७ बजे

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका