ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ « Khabarhub

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् ।

‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ,’ नेता भट्टराईले लेखेका छन्, ‘यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’

उनले एमालेका नेता–कार्यर्ताहरूलाई सम्बोधन गर्दै आफूहरू इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । उनले देश र समाज भयानक अस्थिरतामा पुगेको टिप्पणी पनि गरेका छन् ।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ,’ भट्टराईले भनेका छन्, ‘हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन ।’

नेता भट्टराईले पार्टी र देश निर्माणका लागि १० बुँदे प्रस्ताव पनि अघि सारेकाा छन् ।

यस्ता छन् प्रस्तावहरू

१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ । हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गÞल्तीप्रति आत्मालोचित होऔँ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।
४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔँ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।
९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।
१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऊँ, नेपालित्व जोगाऔँ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १२ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र