राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताए ।

सत्ता साझेदार दल र आफूले पनि राष्ट्रपतिमा सबै दलहरुबीच समझदारी बनाउने पहल गरिरहेको जनाउँदै उहाँले राष्ट्रपतिको निर्वाचन आउने दिनसम्म राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे ।

“राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस गरिरहेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “हामी त्यो कोशिस जारी राख्नेछौँ ।”

प्रतिनिधिसभाको सभामुखमा पनि सबै दलहरुबीच साझा समझदारी बनाउने प्रयास भए पनि अन्तिम समयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभामा आज भएको मतदानमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित भएका छन् ।

“आज सभामुखको निर्वाचन भयो । सबै कुरा तपाईंहरुले थाहा पाइहाल्नुभयो । हामी सत्ता साझेदार सबै एकै ठाउँमा उभियौँ । अब प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिस्पर्धा भयो । बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ । पर्सी निर्वाचन हुन्छ । यही प्रक्रियाअनुसार नै निर्वाचन हुन्छ”, उनले भने ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : ०९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर