सल्यानमा एक ट्रक रासायनिक मल सहित एक जना पक्राउ « Khabarhub

सल्यानमा एक ट्रक रासायनिक मल सहित एक जना पक्राउ


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सल्यान प्रहरीले एक ट्रक रासायनिक मल सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मल सहित एक जनालाई प्रक्राउ गरेको हो ।

बागचौर नगरपालिका ११ पानीखोलाका शेर बहादुर खड्का र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर दाङ शाखाबाट ल्याई अवैधानिक रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शेरबहादुर खड्काको घरमा गोदाम गरी राखेको डिएपि पोटास ३० बोरा, युरिया ७९ बोरा र पोटास ५० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।

उनले रासायनिक मल ल्याउने मध्येका एक दिनेश ओलीलाई नियन्त्रणमा लिएको उनको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : ४८ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर